अमेरिकामा तामाङ सोसाईटी अफ लसएन्जल्सले २८५५ औं फाग्:ड्वा ल्हो सोनाम ल्होछार मनाउदैं


तामाङपेज, २४, पुस

अमेरिकाको क्यालिफोर्निया लसएन्जल्समा तामाङ सोसाईटी अफ लसएन्जल्सले २८५५ औं फाग्:ड्वा ल्हो सोनाम ल्होछार मनाउन विशेष कार्यक्रम गर्ने भएका छन् ।

सोसाईटीले फेब्रुअरी १० तारिखमा तारा हिमालयन कुजिन आर्टेशिया शहरमा नेपाल आईडल १ का विजेता बुद्ध लामाको साथमा सोनाम ल्होछार कार्यक्रम भरपुर मनोरञ्जनात्मक सहित भव्यरुपमा मनाउने भएको छ।

संस्थाका अध्यक्ष टेक लामाले प्रवासमा रहेर पनि आफ्नो देश र जातीको संस्कृति जगेर्ना गर्नु सिङ्गो नेपालको लागि गौरव भएको बताएका छन् भने संस्थाले आफ्नो पहिचानलाई विदेशी भूमिमा पनि प्रबर्धन र सम्बर्धन गर्दै आइरहेको समेत दावी गरे ।

संस्थाले क्यालिफोर्नियामा रहेका सम्पूर्ण नेपालीबासीहरुलाई उक्त कार्यक्रममा सहभागी भई मनोरञ्जन लिन समेत आग्रह गरेको छन् ।

प्रकाशित: समय: 9:18:13  1210पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार