कार्यालयमा स्तनपान कक्ष स्थापना


तामाङ्पेज, २३ पुस :

सल्यानमा पहिलोपटक सरकारी कार्यालयमा स्तनपान तथा शिशु स्याहार कक्ष स्थापना गरिएको छ ।

जिल्ला हुलाक कार्यालय सल्यानमा कार्यालयमा आउने सेवाग्राही तथा कर्मचारीको सुविधाका लागि स्तनपान तथा शिशु स्याहार कक्ष स्थापना गरिएको हो ।
कार्यालयमा आउने शिशुसहितका सेवाग्राही तथा महिला कर्मचारीले आफ्ना बच्चालाई स्तनपान तथा शिशु स्याहार गर्न सहज बनाउने उद्देश्यले आइतबारदेखि कार्यालय परिसरमा निर्माण गरिएको स्तनपान तथा शिशु स्याहार कक्ष सञ्चालनमा ल्याइएको छ ।

जिल्लाका कुनै पनि सरकारी कार्यालयमा स्तपान तथा शिशु स्याहारका लागि व्यवस्था नभएकाले महिला सेवाग्राहीको सुविधालाई ध्यानमा राखी कक्ष सञ्चालनमा ल्याइएको जिल्ला हुलाक कार्यालय सल्यानका कार्यालय प्रमुख धीरेन्द्रबहादुर बुढाथोकीले बताउनुभयो । कक्षमा एकैपटक तीन जना महिलाले स्तनपान गराउन सक्नेछन् ।

यसैबीच जिल्ला हुलाक कार्यालय सल्यान र कुमारी बैंक शाखा सल्यानको सहकार्यमा ६७ बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । स्तनपान तथा शिुश स्याहार केन्द्र उद्घाटनमा उपस्थित भएका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो ।

प्रकाशित: समय: 5:48:56  385पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार