तामाङपेज, २३ पुस
आज मुलुकभरको मौसम परिवर्तन भएको हुदा उपत्यकासहित देशका केही पहाडी भूभागमा सोमबार बिहान वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
पूर्वानुमान महाशाखाको अनुसार पश्चिमी वायुको प्रभावले काठमाडौ उपत्यका लगायत देशको केही ठाउँमा बिहान पानी परेर काठमाडौको चन्द्रागिरी,कर्णलीका हुम्ला जुम्ला लगायत देशको भिविन्न उच्च पहाडी स्थान तथा हिमाली भेगमा हिमपात भएको र आज दिनभर काठमाडौसहित मध्यभागमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले तामाङपेजलाई जानकारी दिएका हुन।