भूकम्प धक्का महसुश


 तामाङ्पेज २२ पुस :

भारतको उत्तराखण्ड प्रदेश केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पको धक्का बैतडी र दार्चुलामा पनि महसुश गरिएको छ ।

सुर्खेत भूकम्प मापन केन्द्रका प्रमुख दीपक बस्नेतका अनुसार राति १० बजेर १ मिनेटमा चार रिक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु दार्चुला सदरमुकामबाट दक्षिण पश्चिम २९ किलोमिटर टाढा भारतमा रहेको प्रमुख बस्नेतको भनाइ छ ।

प्रकाशित: समय: 7:56:54  421पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार