बहिनीको पत्र !


बहिनीकाे पत्र !
© रचना माेक्तान यात्री

प्रत्येक बर्षझैँ
फेरि आइपुग्यो घडीकाे रफ्तारमा
याैटा नयाँ क्यालेन्डर
क्यालेन्डरसँगै फेरियाे जीवनकाे आवरण ।

थपियाे जीवनकाे अंकगणित
अंकगणितसँगै घट्दै गयाे याैवनकाे ऐकिक नियम
जीवन फुलेकै छ
याैवनहरू हुर्कँन बाँकी छँदै
यसरी हरेक बर्ष फेरिँदै गयाे भने
सिरानीमाथि झुन्डिएको क्यालेन्डर
कसरी मुस्कुराउला हजुरजस्तै ?

दाइ !
समय हाे जाे दाैडिरहन्छ
जीवनले केही असफलता पाउला-
नआत्तिनु
हिँड्दा बाटाेमा पहाड भेटिएला-
नअडिनु
हजुरका औलाहरु जाे छन्-
सारेगमसँग नाचिरहाेस् ।

हजुरका सिर्जनाहरू जाे छन् ती सबै प्रिय छन्
तपाईं नदी हाे निरन्तर बगिरहनुस्
यस्तै जीवन बाँचिरहनुस्
एकदिन भेटाउनु हुने छ भेटाउन बाँकी शालिकग्राम
शुभकामना यहि हाे यहि रहनेछ ।

मिति : २०७५/०९/ 22 गते

प्रकाशित: समय: 7:28:06  617पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार