तामाङपेज, २० पुस
वैदेशिक रोजगारको सिलसिलामा साइप्रसमा रहनु भएको तामाङहरुले २०१९ फेब्रुअरी ३ मा २८५५ औं सोनाम ल्होछार भब्यका साथ मनाइने भएको छ।
तामाङ जातिको उत्थान ,भाषा ,धर्म र संस्कृतिको सम्बर्द्धन भन्ने मुल नाराका साथ २०१६ अक्टोबर २३ मा स्थापना गरेको नेपाल तामाङ घेदुङ साइप्रसले वार्षिकरूपमा तामाङहरुको महान चाड सोनाम ल्होछारमा अतिथि कलाकारहरुको साथमा भब्य तरिकाले ल्होछार मनाउदै आएको छ।
नेपाल तामाङ घेदुङ साइप्रसले यसपालि पनि तामाङहरूको महान चाड २८५५ औं सोनाम ल्होछार फाग (ड्वा) ल्हो ( सुंगुर वर्ग) फेब्रुअरी ३ का दिन १० बजे साइप्रसको लिमसोल स्थित “ल्होछार धमाका २०१९” नेपालबाट आमन्त्रित कलाकार पहिलो नेपाल आइडल बुद्ध लामा र मेन्दोमाया तथा सेलो गायक सुमन घले तामाङको साथमा सोनाम ल्होछारलाई सब्य र भब्यकासाथ मनाइने पुरा तयारी भएको जानकारी नेपाल तामाङ घेदुङ साइप्रसका अध्यक्ष साङमु थोकरले तामाङपेजलाई जानकारी दिइएको हो।
थोकारले जानकारी दिए अनुसार यस पालि ल्होछारमा भरपुर मनोरञ्जन दिलाउने साथै खानाको पनि व्यवस्था रहेको र कार्यक्रममा आउन जानका लागि सवारी साधनको समेत व्यवस्था गरिएको छ भने उक्त कार्यक्रम हेर्नलाई टिकटको लागि २० युरो लाग्ने उनले बताइन्। सोनाम ल्होछार कार्यक्रमलाई सब्य र भब्यकासाथ सफल पार्न फेब्रुअरी ३ का दिन १० बजे लिमसोलमा साइप्रसमा रहनुभएको सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध समेत गरेकी छिन।