बेपत्ता वडाध्यक्ष खोजी गरिदिन परिवारकोआग्रह


तामाङपेज, १८ पुस

बेपत्ता भएका अर्घाखाँचीको मालारानी गाउँपालिकाका वडाध्यक्षको खोजी गरिदिन परिवारले आग्रह गरेका छन् । बुटवलमा आज पत्रकार सम्मेलन गरी १६ दिनदेखि बेपत्ता हुनुभएका मालारानी–२ का वडाध्यक्ष विनोद भनिने विष्णु भुसालको खोजी गरी सार्वजनिक गर्न परिवारजनले आग्रह गरेका छन् ।

सन्धीखर्कमा काम छ भनी घरबाट हिँड्नु भएका भुसालको अहिलेसम्म कुनै खबर नआएको दाजु जीवलाल भुसालले बताउनुभयो । भाइ हराएपछि पुस ४ गते प्रशासनमा निवेदन दिए पनि अहिलेसम्म कुनै पहल नभएको उहाँले गुनोसो गर्नुभयो ।

अर्घाखाँची सदरमुकाम जान्छु भनेर पुस २ गते बिहान घरबाट निस्केको थिए, दाजु विष्णुले भन्नुभयो, सन्धिखर्क गुन्टेखोलास्थित मोटरसाइकल ग्यारेजमा मोटरसाइकल मर्मत गर्न दिएर कपिलवस्तुको गोरूसिङ्गे जान्छु भनेर हिँडेको जानकारी भयो । तर अहिलेसम्म उनको अवस्था अज्ञात छ ।

उहाँका अनुसार फोन गर्दा उनको मोबाइल कपिलवस्तु वनगाईमा बसका चालकले उठाए । चालकले गाडीमा मोबाइल खसाएको भनेर जानकारी गराएका थिए । ४१ वर्षीया विनोद तत्कालीन एमालेबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

प्रकाशित: समय: 11:50:00  362पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार