सिंहदरबारस्थित परिषद्को सचिवालयमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न


तामाङपेज , १५ पुस

राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा मुलुकको समग्र शान्ति सुरक्षाको अवस्था, राष्ट्रिय सुरक्षा नीति र उक्त सचिवालयको सृदृढीकरणबारे छलफल भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरवास्थित परिषद्को सचिवालयमा आज उक्त बैठक बसेको थियो ।

परिषद्को अघिल्लो बैठकले राष्ट्रिय सुरक्षा नीति २०७३ परिमार्जन गर्ने निर्णय गरेको थियो । उक्त नीति परिमार्जनका लागि उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा विभिन्न निकायका प्रतिनिधि र विज्ञ सम्मिलित समिति गठन गरिएको थियो ।

नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन वा नियन्त्रणका लागि सरकारलाई सिफारिश गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने सवैधानिक व्यवस्था छ । परिषद्मा सरकारका रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री तथा मुख्य सचिव, प्रधानसेनापति सदस्य रहने र रक्षामन्त्रालयका सचिव सदस्य–सचिव भई काम गर्ने व्यवस्था छ ।

प्रकाशित: समय: 11:09:03  309पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार