धादिङ जिल्ला स्वास्थ्य कार्यालयबाट मृगौला प्रत्यारोपणको लागि सिफारिस


गंगा जमुना गाउँपालिका वडा नं.७ धादिङ निवासी २५ वर्षिय सन्तोष आले मगरको मृगौला प्रत्यारोपण गर्न जिल्ला स्वास्थ्य कार्यालय धादिङले सिफारिस पत्रको प्रतिलिपी शिक्षण अस्पताललाई पठाएको छ।

लामो समय देखि काठमाडौको महाराजगन्ज स्थित शिक्षण अस्पतालमा मृगौलाको उपचाररत मगरको घरायसी आर्थिक अवस्थ ज्यादै नाजुक भइ आफ्नो मृगौला प्रत्यारोपण गर्न नसकिएको हुनाले जिल्ला स्वास्थ कार्यालय,धादिङलाई उपचार गर्न सिफारिसको लागि २०७५ मङ्सिर २४ गते पत्र पर्न आएको हुनाले उक्त जि.स्वा.का.धादिङले २०७५ मङ्सिर २६ गते नि.प्र.जि.अ. सूर्य दर्शन पण्डित ज्यूको अध्यक्षतामा बैठक बसी निर्णय प्रतिलिपी काठमाडौको महाराजगन्ज स्थित शिक्षण अस्पताललाई पठाइएको हो।

उक्त निर्णय प्रतिलिपी जिल्ला स्वास्थ कार्यालय,धादिङसँग ४ ओटा संघ संस्था श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रामशाहपथ काठमाडौ, श्री नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, श्री सामाजिक तथा स्वास्थ्य सुरक्षा शाखा टेकु काठमाडौ र श्री गंगा जमुना गाउँपालिकाको कार्यालय धादिङको मिलेमतोमा पठाइएको थियोे।

मृगौला रोगी सन्तोष आले मगरको घरायसी आर्थिक अवस्था नाजुक भएको हुनाले उक्त मृगौला प्रत्यारोपण गर्न मगरको घरपरिवारले विभिन्न संघ संस्था समाज सेवीहरूलाई दुई हातजोडी सहयोग गर्न अपिल गरेकाछन।

सहयोगी मन हुनेहरूले मृगौला रोगी सन्तोष आले मगरको मोबाइल नम्बर ९८१३८४९१२२ मा सम्पर्क गरि सहयोग गर्न सक्नुहुनेछ।

प्रकाशित: समय: 5:47:26  577पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार