पासाङ ल्हामु मार्गको रसुवा खण्डको सडकको सीमा तोकियो


संगिता लामा ,पुस ११, रसुवा

पासाङ ल्हामु मार्गको रसुवा खण्डको सडकको कित्ताकाट गरिने भएको छ । कित्ताकाट नहुँदा तिरो तिर्न बाध्य भएका पीडितले आउँदो दिनमा तिरो तिर्न नपर्ने भएको छ । संवाद समूहले मंगलबार आयोजना गरेको सडकले पारेको समस्या बारे छलफल पछि दुई वटा निर्णय गरिएको छ । बेत्रावतीदेखि सानो भार्खुसम्म १०÷१० मिटर सडकको सीमा रहेको छ । सडकको मापदण्ड बारे जानकारी नहुँदा रोक्का भएको जग्गा फुकुवा हुने भएको छ । बेत्रावती मैलुङ स्याफ्रुबेँसी सडक ख वर्गको भएकाले १५÷१५ मिटर सडकको सीमा रहेको छ । सडकको सीमा बारे जानकारी आएकाले नापी, मालपोत र डिभिजन सडक लगायतका कार्यालयले संयुक्त रूपमा काम सुरु गर्ने जिल्ला समन्वय समितिका प्रमुख कुल प्रसाद भट्टले बताउनुभयो । सडक डिभिजन नुवाकोटले सडकबाट प्रभावित नागरिकको तथ्याङ्क लिने छ । डिभिजनले जिल्ला प्रशासन कार्यालयमा सडकको सीमा तोकिएको पत्र पठाएको र सो पत्र नापी तथा मालपोत कार्यालयमा पठाइने प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताउनुभयो।

प्रकाशित: समय: 5:19:53  478पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार