साहित्यकार रेग्मीको निधन


चितवन, ८ पुस :

साहित्यकार हरिहर रेग्मी ‘सविता’को शनिबार राति निधन भएको छ । भरतपुर महानगरपालिका–७ कृष्णपुर निवासी रेग्मीको राति ११ः३० बजे आफ्नै निवासमा ६८ वर्षको उमेरमा निधन भएको हो ।
साहित्यकार इन्द्र रेग्मीका अनुसार विसं २०२४ बाट साहित्यिक क्षेत्रमा लाग्नुभएका उहाँका महाकाव्य, कथा, कविता, काव्य गरी सात पुस्तक प्रकाशित छन् ।
उहाँ पछिल्लो समय मधुमेह, पेट र आँखाको समस्याबाट पीडित हुनुहुन्थ्यो । साहित्य सङ्गम चितवनका संस्थापकमध्येका एक रेग्मी माओवादी निकट जनसांस्कृतिक महासङ्घको जिल्लाको पूर्वअध्यक्ष एवं केन्द्रीय सदस्यसमेत रहनुभएको थियो ।
रेग्मीका एक श्रीमती, तीन छोरा र एक छोरी छन् । उहाँको आजै देवघाटमा अन्त्येष्टि गरिँदै छ ।

प्रकाशित: समय: 6:00:27  576पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार