छात्रावासलाई कैलाश गाउपालिकाको सहयोग


मकवानपुर ५ पुस

मकवानपुरको उत्तरी भेगमा रहेका कैलाश गाउँपालिका–३ कालिकाटारको भवानी माध्यमिक विद्यालयमा सञ्चालित छात्रावासका ४० जना विद्यार्थीहरूलाई गाउँपालिकाले जाडो मौसमको लागि आवश्यक सामाग्री सहयोग गरेको छन । कैलाश गाउपालिकाको भौगोलिक अवस्था डाँडा काडा र विकट ठाउको टाढा-टाढाबाट आएर विद्यालयको छात्राबासमा बसेर पढ्ने गरेका छन। विद्यार्थीहरूलाई जाडो महिनामा सुत्न र बस्न समस्या भएको कारण गाउँपालिकाले २० थान म्याट्रेस, २० थान ब्ल्याङ्केट, २० थान तन्ना तथा ४० थान सिरानी हस्तान्तरण गरेको अध्यक्ष टंक मोक्तानले बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सुकुमाया थिङ, प्रमुख कार्यकारी अधिकृत टंक नेगी लगायत सहभागिता रहेको थियो ।

प्रकाशित: समय: 6:39:53  314पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार