कांग्रेसमा कोषाध्यक्ष बाहेक सबै पदाधिकारीको चुनाव हुने, उपसभापति, महामन्त्री र सहमहामन्त्री २-२ रहने


काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समितिमा सहमति जुट्न नसकेको पार्टी पदाधिकारीको संख्या र निर्वाचित हुने पद्धतीको बारेमा नेताहरु सहमतिमा पुगेका छन् । विभिन्न विकल्पहरु माथि भएको छलफलपछि सभापतिसहित २ उपसभापति, २ महामन्त्री र २ सहमहामन्त्री निर्वाचनबाट चयन हुने सहमति भएको छ ।

यसअघि निर्वाचनबाट चयन हुने कोषाध्यक्ष पद भने सहमति अनुसार पार्टी सभापतिले मनोनयन गर्ने ब्यवस्था गरिएको छ । त्यसै गरि पार्टी प्रवक्ता समेत सभापतिले मनोनयन गर्नेछन् । यसअघि लामो समयसम्म सहमति जुट्न सकेको थिएन। अब भने सभापतिसहित पदाधिकारीको संख्या ९जना रहनेछन् ।

सभापति देउवा तथा उनी निकटहहरुले सभापति बाहेक दुई दुई जना उपसभापति महामन्त्री र सहमहामन्त्री राख्ने त्यस मध्ये एक एक जना निर्वाचित हुने र एक एक जना मनोनित हुने प्रस्ताव गरेका थिए। तर देउवा इतर नेताहरुले भने पदाधिकारी संख्या तीन तीन जना हुनुपर्ने तथा ती सबै पदाधिकारी निर्वाचनबाट चयन हुनुपर्ने प्रस्ताव गरेका थिए।

सहमति बन्नु पछाडि पार्टी नेता पुर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाको भुमिका महत्वपुर्ण रहेको बताइएको छ। स्रोतका अनुसार देउवा पक्ष र देउवा इतरको अडान बिचमा सिटौलाले दुवै पक्षलाई सहमति हुने गरि यो विकल्प पेेेश गरेका थिए।

यस सहमतिले सभापति देउवाले भने जस्तो पदाधिकारीको संख्या दुई-दुई रहने र कोषाध्यक्ष र प्रवक्ता सभापतिले मनोनियित गर्ने कुरा समेटिएको छ भने देउवा इतरहरुले भनेको जस्तो उपसभापति, महामन्त्री तथा सहमहामन्त्रीमा मनोनितको ब्यवस्था पुर्ण रुपमा हट्नेछ ।

दुवै पक्षलाई जितको अनुभुति हुने गरि सिटौलाले सहजिकरण गरेको बैठकमा सहभागि एक नेताले बताए ।

बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट सहमति जुटाउने बैठकमा सहभागी नेता अर्जुन नरसिंह केसीले पार्टी पदाधिकारी निर्वाचनबाटै चुनिनु पर्ने अडान छोडेका थिएनन्। महासमितिको भावना अनुसार पनि पदाधिकारी मनोनीत हुन नहुने अडान अन्तिमसम्म राखेका थिए ।

प्रकाशित: समय: 16:28:05  488पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार