पत्रकार अधिकारी सम्मानित


संगीता लामा, २ पुष, रसुवा/

बिगत लामो समयदेखि मोफसलको जिल्लामा रहेर पनि नेपाली कला संगीत र चलचित्र क्षेत्रको बिकास बिस्तार अनि नयाँ कलाकारको खोजि गर्दै निरन्तर पत्रकारिता क्षेत्रमार्फत योगदान दिएको भन्दै पत्रकार किरण अधिकारी सम्मानित भएका छन् । पीम नेपालद्वारा आयोजित पीम नेपाल डकुमेन्ट्री फ्लिम फेस्टिभलको उद्घघाटन समारोहमा अधिकारी सम्मानित भएका हुन् ।फेस्टिभल उद्घघाटनको अबसरमा आयोजित बिशेष समारोहमा गणतन्त्र नेपालको प्रथम उपरास्ट्रपति परमान्नद झाले अधिकारीलाई सम्मानित गर्नु भएको हो ।साथै मोफसलमा रहेर पनि नेपाली पत्रकारिता क्षेत्रको बृहत्तर बिकासको लागि पुराएको योगदानको समेत कदर गर्दै अधिकारीलाई पीम नेपाल पत्रकारिता पुरस्कार २०७५ बाट सम्मानित गरिएको आयोजक समितिको अध्यक्ष कमाल जोसीले बताउनुभयो । पत्रकार अधिकारी सुन्दरादेबी संदेश साप्ताहिकको प्रकाशक ,सुन्दरादेबीन्युज डट कमको सम्पादक तथा नेपाल प्रेस युनियन नुवाकोटको अधय्क्ष समेत रहेका छन् ।

प्रकाशित: समय: 15:27:18  990पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार