हिन्दू राष्ट्रको पक्षमा कांग्रेस, महासमितिमा पाँच सयभन्दा बढीको हस्ताक्षर


काठमाडौं । नेपाली कांग्रेस औपचारिक रुपमै मुलुकलाई हिन्दू राष्ट्र कायम गराउने पक्षमा उभिने संकेत देखिएको छ । नेपाललाई हिन्दुराष्ट्रको हैसियतमा फर्काउने व्यवस्था विधानमै समावेश गर्न कांग्रेस महासमितिका पाँच सय भन्दा बढी सदस्यहरुले हस्ताक्षर गरेका छन्। कांग्रेस महासमिति बैठक सुरु भएदेखि नै सुरु भएको हस्ताक्षर अभियानमा आइतबार दिउँसोसम्म पाँच सय जना सामेल भएका बताइएको छ । उक्त हस्ताक्षरपत्र पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने या महासमितिको बन्दसत्रमा पेश गर्ने तयारी गरिएको बताइएको छ । महासमिति बैठकमा एजेण्डा उठान गर्न चार सय संख्या आवश्यक पर्छ।

सिंहदरबार गेट अघिको यलम्बर पार्टी प्यालेसमा जारी बैठकमा ती सदस्यहरुले नेपाललाई हिन्दु राष्ट्र निर्माणको विकल्प नभएको र त्यो कांग्रेसबाटै संभव भएको भन्दै नेतृत्वलाई दबाब दिएका छन्। हिन्दु राष्ट्रका पक्षमा कांग्रेसका अधिकांश शीर्ष नेताहरु पनि रहेको र उनीहरु अहिले नै सार्वजनिक हुन नचाहेका नेताहरुले बताएका छन् ।

प्रकाशित: समय: 16:02:14  453पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार