निशुल्क विशेषज्ञ सहितको स्वास्थ्य शिबिरमा ६ सय भन्दा बढीले स्वास्थ्य परिक्षण गराए


संगीता लामा रसुवा, २७ मंसिर

रसुवाको ग्रामिण भेगमा संचालन गरिएको निशुल्क विशेषज्ञ सहितको स्वास्थ्य शिबिरमा ६ सय भन्दा बढीले स्वास्थ्य परिक्षण गराएका छन् । नौकुण्ड गाउँपालिका ३ पारच्याङमा तिन दिनसम्म संचालन गरिएको शिबिरमा ६ सय १२ जनाले स्वास्थ्य परिक्षण गराएका हुन् । शिबिरमा आँखा जाँच तथा शल्यक्रिया, स्त्री तथा प्रसुती रोग, छालाको रोगको परिक्षण गर्नुका साथै सामान्य स्वास्थ्य परिक्षण गरिएको जनता बैक नौकुण्डका ब्रान्स म्यानेजर रमेश पनेरुले बताए । उनले भने दुर्गम क्षेत्रका नागरिकहरुलाई स्वास्थ्य उपचारमा सहजताका लागि गाउमै विशेषज्ञ सहितको सेवा दिएका हौ, शिबिरमा ५४ जना आखाँका रोगिको शल्यक्रिया गरेका छौँ भने छाला रोग सम्बन्धि ६६ जनाको परिक्षण, ४७ जना स्त्री तथा प्रसुती रोगको परिक्षण गरेका छौँ, पाठेघरका बिरामीहश्र धेरै रहेको हुदाँ उपचार गराएका मध्ये करिब २० जनालाई काठमाण्डौ रिफर गरिएको समेत बताइएको छ । जनता बैंकको आयोजना र नेपाल नेत्रज्योती संघ र अल्का अस्पतालको प्रबिधिक सहयोगमा संचालन गरिएको शिबिरमा १३ जना डाक्टरहरुले स्त्री रोग तथा छाला र ६ जना डाक्टरहरुले आँखाको जाँच गरेका थिए । तिन दिने शिबिरमा जिल्लाको निकै दुर्गम स्थान थाङदोर, घोर्मु, सिमबन्दि, युब्रा तथा यार्सा लगायत नुवाकोटको किस्पाङ, चोगते लगायतका स्थानका बिरामीहरुले स्वास्थ्य परिक्षण गराएको पनेरुले बताए । दुर्गम स्थानमा बसेर गरिबिका कारण सुबिधा सम्पन्न अस्पतालमा गई उपचार गर्न नसकि रोग पालेर बसि रहेकाहरुका लागि स्वास्थ्य शिबिरले फाईदा पुगेको यार्साका कामी तामाङले बताए ।

प्रकाशित: समय: 12:32:41  536पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार