२२ वर्षीय युवा तीन दिनदेखि बेपत्ता


गलकोट, २७ मङ्सिर :

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–४ युवा मनबहादुर थापा तीन दिनदेखि बेपत्ता भएका छन् । काठेखोला–४ साविक तङ्ग्राम गाविस–६ साँकोट घर भई हाल काठेखोला–१ अक्षेते बस्ने २२ वर्षीय उनी मङगलबार बिहानदेखि बेपत्ता भएको परिवारले जनाएको छ ।

केही समयदेखि मानसिक समस्या भएर घरमै
बसी उपचार गराइरहेका उनी मङ्गलबार बिहान ९ बजेतिर बागलुङ बजार जाने भनी घरबाट निस्केपछि सम्पर्कविहीन भएको बाबु नन्दे थापाले बताउनुभयो । खैरो कोट, कालो पाइन्ट र कालो जुत्ता लगाएर घरबाट निस्केपछि परिवार र आफन्तको सम्पर्कमा नआएकाले प्रहरीलाई जानकारी गराएर खोज्दा पनि फेला पार्न नसकिएको उनका आफन्त मनिष थापाले बताउनुभयो ।

प्रकाशित: समय: 5:35:47  411पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार