को होला नयाँ प्रधानन्यायाधीश ? हुँदै सिफारिस


काठमाडौं । नयाँ प्रधानन्यायाधीश को होला भन्ने कौतुहल अझै मेटिएको छैन । नयाँ प्रधानन्यायाधीशका लागि दुई जनाको मात्र योग्यता पुगेको छ । त्यो योग्यतामा एक जनालाई चोखो देखाइएको छ भने अर्का एक जनालाई यसअघि अयोग्य घोषित भनी दाग देखाइएको छ ।

यसबाट दागविहीन न्यायाधीश प्रधानन्यायाधीश बन्ने लगभग पक्का जस्तै छ । तर पहिले अयोग्य घोषित भएपछि अहिले फेरि के आधारमा होडमा सिफारिस गरियो अन्योल छ ।

भावी प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषदको बैठक मंगलबार बिहान ११ बजे बस्दैछ । यसअघि मंसिर १७ गते बैठक बसे पनि सिफारिसको निर्णय नगरी बैठक सकिएको थियो ।

अर्को बैठक मंसिर २२ गतेलाई डाकिएको भए पनि प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली काँग्रेसका साभापटि शेरबहादुर देउवा पार्टी बैठकमा व्यस्त हुनुपरेको र प्रधानन्यायाधीश ओमप्रकाश मिश्रसमेत उपत्यका बाहिर गएका कारण बस्न सकेको थिए ।

प्रधानन्यायाधीश मिश्रले पुस १७ गते उमेर हदका कारण अवकाश पाउने भएपछि र नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न लागिएको हो । तर नयाँ प्रधानन्यायाधीश एक महिना अघि नै सिफारिस गर्नुपर्ने संवैधानिक प्रावधान भए पनि अहिलेसम्म तोक्न  सकिएको छैन ।

न्यायपरिषद्ले प्रधानन्यायाधीशका लागि दीपकराज जोशी र चोलेन्द्र शमसेर जबराको नाम सिफारिस गरेपछि सो अनुसार संवैधानिक परिषदको बैठकले नाम सिफारिस गरी संसदीय सुनुवाइ समितिमा पठाउने छ ।

जोशी यसअघि संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएका थिए । त्यसपछि मिश्र प्रधानन्यायाधीश बनेका थिए । जोशीले आफूलाई अयोग्य भएको प्रमाण पेश गर्न कुनै चुनौती नदिए पनि मिश्रलाई सघाउने बचन दिएर अहिलेसम्म सर्वोच्चमा कार्यरत देखिएका छन् । उनले केही महिना कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी निभाएका थिए ।

तिनै जोशीलाई संसदीय समितिले अयोग्य घोषित गरेको थियो । उनीमाथि नेतृत्व बहन गर्न सक्ने क्षमता नभएको र शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोप लागेको थियो । नेतृत्व सम्हाल्न नसक्ने न्यायाधीशले कार्यबाहक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेको र प्रमाणपत्र छानबिनका लागि संम्वन्धित निकायमा संसदीय समितिले नभनेको अवस्थामा समितिको योग्यता र क्षमतामाथि नै प्रश्न खडा भएको विष्लेषण समेत तत्कालीन अवस्थामा गरिएको थियो ।

प्रकाशित: समय: 3:21:16  416पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार