आजदेखि बैजनाथपुरमा क्रिकेट क्याम्प


विराटनगर,२२ मङ्सिर
महिला सहभागिता बढाउन लैङ्गिक समानताको वकालतसहित विराटनगरमा दोस्रो पटक क्रिकेट प्रशिक्षण गरिने भएको छ ।

नेपाल क्रिकेट फाउण्डेशनले आज मङ्सिर २२ देखि पुस २ गते सम्म स्थानीय बैजनाथपुर क्रिकेट मैदानमा विराटनगर क्रिकेट क्याम्प आयोजना हुने भएको हो ।क्याम्पमा अफ्रिका र एशियामा २० वर्षदेखि क्रिकेट प्रशिक्षण दिँदै आएका इङ्लिस एण्ड वेल्स क्रिकेट बोर्डका लेभल ३ कोच जोनाथन लि बोथले खेलाडीलाई प्रशिक्षण दिनुहुने छ ।

गत सालको क्याप्पका सहभागी,विराटनगर ट्यालेन्ट हन्टवाट छनोट भएका खेलाडी र विराटनगर क्रिेकट क्लब एण्ड एकेडेमीका खेलाडी र दुई विद्यालयका १२० छात्रा सहभागी हुनेछन् । आयोजकले गत वर्ष आयोजना गरेको क्याम्पमा १३० जनाको सहभागिता थियो ।

दिगो विकासका लक्ष्यको बुँदा ५ मा भएको लैङ्गिक समानताको लक्ष्यलाई जोड दिई आयोजित सो क्याम्मको मुख्य नारा ‘समाज विकासका लागि खेलकूद’ रहेको छ । क्याम्पमा लैङ्गिक समानताको विषयलाई मैदानमा रही कसरी सहजीकरण गर्ने भन्ने बारेमा उपस्थित खेलाडी, प्रशिक्षक, शिक्षक तथा खेलसंग सम्बन्धित कर्मचारीलाई समेत प्रशिक्षण दिइनेछ।

प्रकाशित: समय: 5:59:04  634पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार