अटुट तामाङ दोङ
तेमाल गाउँपालिका
मेच्छे,९ चोपटार,काभ्रे
कविता
छायाँको अनुहार हेर्दै चुनौतीको गोरेटोमा
चिन्तनको यात्रा हात्तीको खुर टेक्दै
कस्तुरीको सुगन्ध उस्तै मिश्रित ज्वालामुखी
बिस्पोटको सिकार नवजात शिशु नै किन
मौसम उस्तै इतिहासका पाना पल्टाएर पनि
यी दोषी दृष्टि सपनाको चित्रण पक्कै होइन
अकस्मात बज्रिय च्यट्याङको निशान
पिडा खेप्दै थिए ति निर्दोषको झुपडीमै किन
संस्कार र संस्कृति परम्परामै चुक्छ भने
परिवर्तनको बिउ पलाउनुको अर्थ छैन
नियोजित परमाणुको केन्द्रविन्दु थिए त त्यहीँ
कोपिलाको सुवासमा विषादी नै किन
मित्रताको साइनो गाँस्दै छुरा रोप्नुनै थियो भने
अकाल मृत्यु मिठो मुस्कान भरिदिन्थे नि त
स्वयम अाफै विखण्डन चाहन्छौं अारे
एकताको तरङ्गीत इमानदारीतामै किन