मिजार परिवारले गरे आफ्नो छोराको उपचारको लागि सहयोगको अपिल


संगीता लामा रसुवा,मंसिर २१,
नुवाकोटको विदुर नगरपालिका वडा नं ३ खङ्गभञ्याङको छापथोकका गोपी मिजारले आफ्नो छोराको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ।

पछिल्लो समय ढिकुरे बजारमा बस्दै आउनुभएका मिजारले करीब पाँच वर्षका गौरवको टङ्सीलको उपचारको लागि रकम अभाव भएकाले सहयोगको आग्रह गर्नुभएको हो। जन्मेको समयदेखि नै टङ्सीलबाट प्रभावित भएको गौरवको पछिल्लो समय घाँटीमा मासु बढ्दै गएर शल्यक्रिया गर्नुपर्ने भएकाले उपचारको लागि रकम अभाव भएको बताउनुभएको छ।

गौरवको शल्यक्रिया गर्न आगामी पुस पहिलोसाता भित्र गरिसक्नका लागि चिकित्सले समय सीमा दिएको र त्यसको लागि सहुलियत सुविधा सहित साढे दुई लाख रुपैयाँ लाग्ने जनाएको हुनाले रकम अभाव भएकाले सहयोगको आग्रह गरेको उहाँले बताउनुभएको छ।

ढाँडको हड्डी बाङगिएको हुँदा कुप्रो भएर सजिलोसंग हिडडुल समेत गर्न नसक्ने र चरम आर्थिक अभाव भएकाले गोपी मिजारले दाताहरुबाट सहयोग भएमा छोरा गौरवलाई बचाउन सकिने हुँदा  सहयोगको लागि अपिल गर्नुभएको हो। चिकित्सकको भनाई अनुसार छोरा गौरवको शल्यक्रिया गर्न ढिला भएमा कहिले पनि गौरवको बोलि नआउने, ३३ बर्षमा बिहे गरि पटक पटक आफुले सन्तान गुमाएको र भएको एक मात्र सन्तान गौरवलाई बचाउन दिन रात नभनि सहयोगको आग्रह गरेको उहाँले बताउनुभएको छ।

उहाँलाई सहयोग गर्न चाहने सहयोगी मनहरुले फोन नं. ९८६१८१५३५३ मा सीधै सम्पर्क गरेर उहाँको लुम्बिनी बिकास बैँकमा रहेको खाता नं ०४०१०५२११२४३३०००००१ रकम जम्मा गरि सहयोग गर्न सक्नु हुनेछ।

प्रकाशित: समय: 10:05:28  546पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार