रसुवामा १५ औं महिला स्वयं सेविका दिवस कार्यक्रम सम्पन्न


संगीता लामा ,रसुवा, २० मंसिर 

उत्तरगया गाउँपालिकाको कार्यलयमा १५ औं महिला स्वयं स्वास्थ्य सेविका दिवस कार्यक्रम सम्पन्न भएको छ । महिला स्वास्थ्य स्वयं सेविकाको निस्वार्थ सेवा स्वस्थ समृद्व राष्ट्र निमार्णमा टेवा” भन्ने मुल नाराका साथ कार्यक्रममा उत्तरगया गाउँपालिका भित्र रहेर निस्वार्थ रुपले काम गरि रहनुभएको महिला स्वास्थ्य स्वयं सेविका,स्वास्थ्य चौकिको,प्रतिनिधि,विद्यालयको प्रतिनिधि,प्रहरी कार्यलयका प्रतिनिधि र गाउँ पालिकाको उपाध्यक्ष,कार्यकारी अधिकृत लगायत अन्य प्रतिनिधिको उपस्थित रहेको थियो ।

रसुवाको उत्तरगया गाउँपालिकाको वेत्रावति देखि गाउँपालिकाको कार्यलयसम्म विभिन्न नारा भएको प्लेकार्ड बोकी महिला स्वास्थ्य स्वयं सेविकाले र्याली समेत गर्नु भएको थियो । त्यसैगरि निस्वार्थ सेवा दिई उत्कृष्ठ ९ जना महिला स्वास्थ्य स्वयं सेविकालाई दोसल्ला ओडाई प्रमाणपत्र सहित सम्मान गर्नु भएको थियो ।

चमेलि गुरुङको अदक्ष्यतामा सम्पन्न भएको कार्यक्रममा स्वास्थ्य स्वयं सेविका र सामुदायिक विद्यालयलाई सामान्य प्राथामिक उपचारका बाकस जसमा अति आवश्यक ब्यानडेज,सिटामोल,वान्ता नहुने औषधि,जिवनजल,पन्जा,माक्स जस्ता सामान भएको बाकस वितरण गर्नु भएको थियो ।

सिड्स रसुवाको सहयोगमा मनाएको १५ औं स्वास्थ्य दिवस कार्यक्रमको अवसरमा रसुवाको उत्तरगया गाउँपालिकालाई मातृशिशु मृत्युदर कम गरि स्वास्थ्य सम्बन्धि विभिन्न परामर्श दिई आगामि दिनमा ४४ जना स्वास्थ्य स्वयं सेविकालाई उत्तरगया गाउँपालिकाले प्रमाणपत्र सहित सम्मान गर्न पाउ त्यसमा उत्तरगया गाउँपालिकाको साथ सदैव रहनेछ भन्दै उत्तरगया गाउँपालिकाको उपाध्यक्ष चमेलि गुरुङले आफनो मन्तब्य राख्नु भएको थियो ।

प्रकाशित: समय: 9:41:12  797पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार