अभिनेत्री सृजना सुब्बा वैवाहिक बन्धनमा बाँधिइन्


काठमाडौं – अभिनेत्री सृजना सुब्बा विवाह बन्धनमा बाँधिएकी छिन् ।

मंसिर १९ गते उनले संस्कृतिकर्मी तथा सिनेमा निर्माता पदम सुब्बासँग लगनगाँठो कसेकी हुन् ।

सिर्जना वैवाहिक बन्धनमा बाँधिएसँगै उनलाई शुभकामना तथा बधाईको ओइरो लागेको छ ।

सिर्जनाले थियटरबाट करिअरको सुरुवात गरेकी हुन् । अहिले पनि उनी थियटरमै सक्रिय छिन् । यसका अलावा उनले  लुट २, डाइङ क्याण्डल, मिस्टर भर्जिन, चक्कर लगायतका सिनेमामा अभिनय गरेकी छिन् ।

सृजना जीवन्त अभिनयका कारण चिनिएकी अभिनेत्री हुन् ।

प्रकाशित: समय: 18:06:51  619पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार