भ्रष्टाचार अन्त्य गरिदिनुस हामी हीरा फलाउछौ


राजकुमार तामाङ
मकवानपुर

गजल
हत्या बलात्कारको,समाचार आउदैन भनेर।
निरन्तर फैलाउदै छु,लगातार आउदैन भनेर।

मलाई के थाहा जाली चलखेल हुन्छ भनेर,
सोझै बाटो हिडिरह्यो,प्रहार आउदैन भनेर।

अब प्रेम शास्त्रमा पि.एच.डी गर्ने वालामा छु।
देखाउछु नि मायाको,आकार आउदैन भनेर।

विद्यालयमा शिक्षा बाहेक दीक्षा आउदैन र भन्या।
थाहा छैन बच्चालाई,संस्कार आउदैन भनेर।

भ्रष्टाचार अन्त्य गरिदिनुस् हामी हीरा फलाउछौँ,
प्रमाणित गरिदिनुस,बेरोजगार आउदैन भनेर।

प्रकाशित: समय: 7:15:24  659पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार