रचना मोक्तान यात्री
?????????????
तिमी रुँदा म कहिल्यै हाँसिन
प्रत्यक्ष र अप्रत्यक्ष संगसङ्गै रोएँ
तिम्रो सफलतामा खुसिको आँसु बगाएँ
तिम्रो असफलतामा दुखले रोएँ
तिमी खुसी हुँदा संसार भूले
तिमीलाई केही हुँदा तन र मन दुवै जलाए
तर एक पल
बिर्सिनै नसकिएको त्यो क्षण
थाहा छ? तिमी रुँदा म कति खुसी थिएँ?
तिमी रुँदा म कति हासेकी थिएँ?
तिमीलाई अनौठो अनौठो लाग्ला
तिमी रुँदा म हाँसेको सुन्दा
तिमीलाई पत्यार नलाग्ला
औसीको रातमा जून चम्के भन्दा
तिम्रो रुवाइ कुनै क्षण कुनै पल
संगीतको मीठो धुन बन्यो भन्दा
तिमीलाई अचम्म लाग्यो होला है
तिमी रुँदा म हाँसे भन्दा
सत्य मैले ढाँटेको हैन
मैले संसारको सामू छलेको छैन
मेरो आफ्नो आत्म साक्षी छ
तिम्रो रुवाइले चार दिवना थर्की रहेको बेला
रक्तकुण्डबाट अलिकति शिर उठाएर
तिम्रै अनुहार पुलुक्क हेर्दै
साच्चै म मुस्कुराएको थिएँ
मन मस्तिष्कले फेरि
तिम्रै कोमल गालामा चुम्बन गरेँ
अनि सोचे तिमी मेरो संसार हौ
मेरो मनको कहरलाइ बगाउदै बगाउदै
खुसिको बहर बोकेर यस धर्तिमा आएको
सु मानव थियौ , श्रवण कुमार थियौ
अब बुझ्न चाहन्छौ तिमी ?
तिमी रुँदा म किन हाँसेछु
छुट्याउने पालो तिम्रो
तिम्रो रुवाइमा म हाँसेको पल
अत्यास लाग्दो पीडालाई भूलेको काल
अब तिमी आफै बुझ
मेरो अपेक्षा
म को हुँला ???
?????????????
रचना मोक्तान यात्री जो आफ्नो छोरोको जन्म दिनको शुभकामना उपहार कविता मार्फत