ढल्यो रोनाल्डो–मेस्सी इरा, मोड्रिच बने विश्वकै सर्वोत्कृष्ट खेलाडी


काठमाडौं । अर्जेन्टाइन फुटबल खेलाडी लियोनल मेस्सी र पोर्चुगिच खेलाडी क्रिष्टियानो रोनाल्डोको सर्वोत्कृष्टको इरा सकिएको छ । निरन्तर दुई खेलाडी नै आलोपालो १० वर्षसम्म सर्वोत्कृष्ट हुँदै गएकामा त्यो रेकर्ड तोड्दै क्रोएसियन खेलाडी लुका मोड्रिच सर्वोत्कृष्ट बन्न सफल भएका छन् ।

स्पेनिश क्लव रियाल मड्रिडका मिडफिल्डर मोड्रिचले ‘बालोन डीओर अवार्ड’ जितेका हुन् । सन् २००७ मा पूर्व ब्राजिलियन तथा इटालियन क्लव एसी मिलानका फरवार्ड काका यो अवार्ड जितेपछि मेस्सी र रोनाल्डोबाहेक अन्य कुनै खेलाडीले जित्न सकेका थिएनन् ।

सोमबार राति भएको अवार्ड वितरण समारोहमा रोनाल्डो अवार्डको दोस्रो स्थानमा आए भने मेस्सी पाँचौँ स्थानमा धकेलिए । फ्रेन्च फरवार्डहरु एन्टिनियो ग्रिजम्यान र केलियन एम्बाम्पे तेस्रो र चौथो स्थानमा आए ।

३३ वर्षे मोड्रिचले गत मे मा मड्रिडबाट लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए । त्यस्तै क्रोएसियालाई विश्वकपमा पहिलो पटक पुर्याउन सफल भएका थिए ।

विश्वकपको फाइनलमा उत्कृष्ट खेलेका मोड्रिच विश्वकपकै उत्कृष्ट खेलाडी घोषित भएका थिए । विश्वकपमा गोल्डनबुट जित्नुका साथै मोड्रिचले यसवर्ष विश्वको उत्कृष्ट पुरुष खेलाडी तथा वेष्ट फिफा फुटबल अवार्ड पनि जितेका थिए ।

यस्तै यसै सिजनबाट दिइएको महिला बालोन डीओर अवार्ड लायोन र नर्वेकी स्ट्राइकर २३ वर्षे अदा हेगेरवर्गले जितेकी छिन् । केलियिन एम्बाप्पेले कोपा ट्रफी जिते ।

प्रकाशित: समय: 5:02:07  357पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार