अधिवक्ता रमण श्रेष्ठ : लाज लाग्नुपर्ने हो


अन्तरराष्ट्रिय मूल्य मान्यताको कुरा गर्ने अनि पुरानै राष्ट्रपति रहनुपर्छ भन्ने ? अन्तरराष्ट्रिय मूल्य मान्यताको कुरा गर्ने र लोकतन्त्रको कुरा गर्नेहरुलाई यसो भन्न लाज लाग्नुपर्ने हो । रामवरण यादवलाई पनि म पदमा बसिरहन्छु भन्न लाज लाग्नुपर्ने हो ।

संविधानसभाको पहिलो बैठक राष्ट्रप्रमुखको हैसियतले राष्ट्रपति डा. रामवरण यादवले डाक्छन्, त्यसपछि ज्येष्ठ सभासदको अध्यक्षतामा पहिलो बैठक बस्छ र त्यो बैठकले नयाँ राष्ट्रपतिको चुनाव गर्छ ।

नयाँ संविधानसभाको काम संविधानमात्रै बनाउने हो भने नयाँ सरकार किन बनाउने ? प्रधानमन्त्री किन बनाउने ? संविधानमात्रै बनाउन संविधानसभाको चुनाव गरिएको हो भन्ने हो भने सरकारमा खिलराजलाई नै राखेर संविधान बनाए हुन्न ? यस्तो तर्क गर्नु भनेको लोकतन्त्रको मूल्य र मान्यताको विपरीत कुरा हो । भारतमा जस्तो संसदको चुनाव गरिएको होइन । भारतमा मात्रै होइन, संसारभरिकै संसदीय प्रणालीकै कुार गर्ने हो भने पनि ५ वर्षभन्दा बढी कुनै पनि जननिर्वाचित निकाय वैध रहन सक्दैन । रामवरण यादवलाई नै आजीवन राष्ट्रपति बनाइरहने ? दोस्रो संविधानसभाले संविधान बनाउन सकेन भने उनलाई कहिलेसम्म राख्ने ? आफूलाई संविधानविद् भन्नेहरुले आफ्नो सुविधाअनुसारको तर्क गर्न सुहाउँदैन, लोकतन्त्रको मूल्य र मान्यता अनुसारको व्याख्या विश्लेषण गर्नुपर्छ । निर्वाचन भनेको निर्वाचन हो । कांग्रेसले जे भन्यो त्यही लोकतन्त्रको मूल्य हुन्छ भने बेग्लै कुरा हो, होइन भने संसारमा काँहि पनि यस्तो हुँदैन ।

प्रकाशित: समय: 6:25:31  361पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार