प्रचण्डले भने-भूमिहीनलाई जग्गा दिलाउँछु


काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भूमिहीन किसानहरुको समस्या सम्वोधन गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । पशुपतिको बनकाली क्षेत्रमा अनसन बस्दै आएका भुमिहीन किसानहरुलाई विहीबार विहान भेटेर प्रचण्डले माग सम्वोधन गर्न पहल गर्ने बताएका हुन् ।

आफू र आफ्नो पार्टी सबै भुमिहीन सुकुम्बासीहरुले जग्गा पाउनुपर्ने पक्षमा रहेको प्रचण्डले जानकारी गराए । क्रान्तिकारी भुमिसुधार लागु भए भुमिहीनको समस्या समाधान हुने दावी गर्दै प्रचण्ड अहिले आफूहरु त्यसकै पक्षमा लागेको बताए ।

‘हामी सरकारमा रहँदा क्रान्तिकारी भूमिसुधार लागु गर्न पहल गरेका थियौं तर सरकारमा लामो समय रहन नसक्दा काम पूरा गर्न पाएनौं,’ प्रचण्डले भने, ‘क्रान्तिकारी भुमिसुधारको एजेण्डा हामीले छाडेका छैनौं ।’

उनले भुमिसुधार किसानको मागप्रति आफ्नो पार्टीको समर्थन रहेको पनि बताएका थिए । भुमिहीन किसानलाई भेट्न एमाओवादी अध्यक्ष प्रचण्ड नेताहरु गिरिराजमणी पोख्रेल, हरिबोल गजुरेल र एमाले सभासद कृष्णभक्त पोख्रेल बनकाली पुगेका थिए ।

प्रकाशित: समय: 6:19:32  1517पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार