दशैंमा घर फर्कंदा लुटिने मुग्लानीहरु

सुनौली नाकाबाट घर फर्कंदै नेपाली

१६ असोज, भैरहवा । पारिवारिक मिलनको चाड दशैं परिवारका सदस्य बिना खल्लो हुन्छ । दशैं र तिहार मनाउन विभिन्न देशमा रहेका नेपालीहरु हवाई र स्थल मार्गबाट नेपाल फर्कने क्रम जारी छ । रुपन्देहीको बेलहिया नाका यो बेला भारतबाट नेपालीहरु भित्रिने ठूलो स्थलमार्ग हो । सो नाकाबाट भारतमा कार्यरत हजारौं नेपाली प्रवेश गरिरहेका छन् । त्यसमध्ये कतिपय बाटोमै लुटिने गरेका छन् ।

बेलहिया नाका हुँदै दैनिक हजारभन्दा बढी नेपालीहरु भित्रिरहेको रुपन्देही प्रशासनले जनाएको छ । दशैं-तिहारको समयमा जिल्लामा अपराध बढ्ने गरेकोले प्रहरीले पनि विशेष सुरक्षा योजना लागू गरेको छ ।

प्रकाशित: समय: 6:08:10  340पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार