आशिफको शतक, पञ्चकन्याले कलर्सलाई दियो १७२ रनको लक्ष्य


१७ असोज, काठमाडौं । आशिफ शेखको शानदार शतकको मदतमा पञ्चकन्या तेजले एभरेष्ट प्रिमियर लिगको उपाधिका लागि कलर्स एक्स फ्याक्टरलाई १७२ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको पञ्चकन्याको सुरुवात निकै खराब थियो । उसका कप्तान शरद भेषावकर पहिलो ओभरमा नै २ रनमा आउट भए ।

यसअघिका खेलमा हिटरको छवि बनाएका करण केसी पनि मात्र ५ रनमा आउउट भए, जतिबेला टिमको स्कोर ३३ रन थियो ।

अर्को पारीमा आशिफ भने टिकिरहे । पृथु बास्कोटा पनि मात्र ८ रनमा आएपछि आरिफ र आशिफ दाजुभाइको जोडी जम्यो । भाइ आशिफसँग ४७ रनको साझेदारी गरेका आरिफ व्यक्तिगत २३ रनमा आउट भए । आशिफ भने आक्रमक सट खेलिरहे ।

उनले पाँचौं विकेटका लागि प्रेम तामाङसँग ६४ रनको अविजित साझेदारी गरेका छन् । त्यसक्रममा उनले मात्र ५९ बलमा छ चौका र ८ छक्काको मदतमा शतक पुरा गरे । ईपीएलमा यो नै पहिलो शतक हो ।

उनी १११ रनमा अविजित रहे भने प्रेमले नटआउट ८ रन बनाए ।

प्रकाशित: समय: 5:49:26  428पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार