स्तनपानले आमा र बच्चा दुबैको स्वास्थ्यमा ठूलो लाभ प्रदान गर्दछ । अमेरिकी वैज्ञानिकहरुले स्तनपानको थप अर्को लाभ पनि पत्ता लगाएका छन् ।
शोधकर्ताहरुका अनुसार स्तनपानले महिलाहरुमा क्यान्सर तथा मुटु सम्बन्धी रोगहरुको खतरा कम गर्दछ । त्यसका साथै असमयमै वा अकाल मृत्युको जोखिम पनि कम गर्दछ ।
विशेषज्ञहरुका अनुसार ६ महिनादेखि एक वर्षसम्म स्तनपान गराउने महिलाहरु तथा स्तनपान गर्न पाउने बच्चा दुबैमा गम्भीर खाले रोगको कम जोखिममा रहन्छन् ।
पर्याप्त स्तनपानले महिला र बच्चा दुबैमा क्यान्सरका अलावा मधुमेहको खतरा कम न्यून गर्दछ । शोधकर्ताहरुका अनुसार बच्चामा हुने एक्यूट लिम्फोब्लास्टिक ल्यूकेमिया नामक क्यान्सर, कानको संक्रमण, मोटोपना, स्वास प्रस्वासमा कठिनाइ जस्ता रोगहरुको खतरालाई स्तनपानले न्यूनिकरण गर्दछ ।