संविधान कार्यान्वयन नभए कांग्रेस र एमालेको ‘नाक’ जान्छः पौडेल


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यवस्थाको टुङ्गो लाग्न नसक्दा देशमा गम्भीर राजनीतिक विचलन भएको बताएका छन्। चितवनमा आयोजित ‘सम्पर्क डाइरेक्ट्री २०७२’ विमोचन कार्यक्रममा उनले २००७ सालको परिवर्तन स्वीकार्न नसक्दा देश यो अवस्थामा आएको बताए।

अधिनायकवादले कुनै मुलुकको कल्याण गर्न नसकेको भन्दै उनले मुलुकको हितका लागि लोकतन्त्र नै आवश्यक भएको बताए।

कांग्रेसको नेतृत्वमा बनेको संविधानलाई कार्यान्वयन गरेर नेपाललाई राजनीतिक स्थायित्व दिनुपर्ने उनले बताए। यसबारे नेकपा एमालेका अध्यक्ष केपी ओली र मधेसवादी दलका नेताहरुसँग आफूले निरन्तर कुरा गरिरहेको बताए।

उनले भने, ‘संविधान कार्यान्वयन नभए कांग्रेसस र एमालेको ‘नाक’ जान्छ।’ पौडेलले संविधान कार्यान्वयनमा नेताहरु गम्भीर नभएको बताए।

प्रकाशित: समय: 5:52:31  472पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार