तलेजुका लागि दानमा आयो सेतो घोडा


१७ असोज, काठमाडौं । भक्तपुर तलेजुका लागि च्यान्टे घोडा उपलव्ध भएको छ ।

भक्तपुर, जेला निवासी कृष्णगोपाल प्याठले निजी रुपमा पालेको घोडा तलेजुको बाहनका लागि दिएका हुन् ।

गत वर्ष तलेजुको घोडा दशैंका बेला जात्रा निकाल्दा दुर्घटनामा परी मरेको थियो ।

गुठी संस्थान भक्तपुरका प्रमुख लेखनाथ सापकोटाका अनुसार विगतमा घोडाा कसरी उपलव्ध हुन्थ्यो भन्ने कागजपत्र नपाइएर असजिलो भएको थियो ।

एक वर्षको प्रयासपछि दाता प्याठले घोडा उपलब्ध गराएका हुन् । घोडालाई पूजाअर्चनाका साथ तलेजुमा राखिएको छ ।

तलेजुलाई सेतै घोडा चाहिने भएकाले उपलब्ध हुन कठिन भइरहेको थियो ।

प्रकाशित: समय: 4:28:57  633पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार