![](https://www.tamangpage.com/wp-content/uploads/2016/10/Kerung-boarder-3.jpg)
काठमाडौं । दशैंका लागि चीनको केरुङबाट सामान बोकेर आएका तीन सयभन्दा बढी कन्टेनर रसुवागढी नाकामा थन्किएकबा छन् ।
स्थानीयका अनुसार कन्टेनर सँघुरो सडकमै राख्दा जोखिम बढेसँगै आवतजावतमा पनि समस्या भएको छ ।
सिन्धुपाल्चोकको तातोपानी नाका विनाशकारी भूकम्पका कारण बन्द भएपछि उत्तरतिर रसुवागढी नाकामात्र सञ्चालनमा छ । स्वाफ्रुबेसी रसुवागढी नाकामात्र सञ्चालनमा छ । स्याफ्रुबेसी -रसुवागढी सडकको बीचमा पर्ने टिमुरेमा १५ दिनदेखि तीन सय कन्टेनर थन्किएका अाजको अन्नपूर्णमा समाचार छ ।
भन्सारमा र्कचारीको अभावमा दैनिक २०/२५ वटा कन्टेनरको सामानमात्र जाँच हुँदा समस्या भएको छ । समयमा नै भन्सार जाँनच हुन नसक्दा लामो समयदेखि सयौं गाडी पालो कुरेर बसिरेहका छन् ।