१७ असोज, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ भने रियल मड्रिड बराबरीमा रोकिएको छ । यसको फाइदा भने एथ्लेटिको मड्रिडलाई भएको छ र लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोना सेल्टभियोसँग ४–३ ले पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा लागो आस्पास प्रेरित सेल्टाभियोले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो । २२ औं मिनेटमा सिस्टोले गोल गरेभने ३१ औं मिनेटमा आस्पासले अग्रता दोब्बर पारे । दुई मिनेटमा लगतै म्याथुले आत्मघाती गोल गरे ।
र, पहिलो हाफमा बार्सिलोना ३–० ले पछाडि पर्यो । दोस्रो हाफमा बार्सिलाना खेलमा फर्कने संकेत देखायो । ५८ औं मिनेटमा जेरार्ड पीकेले हेडगोल गरे भने ६४ औं मिनेटमा पाएको पेनाल्टमिा नेयमारले गोल गरे ।
तर, ७७ औं मिनेटमा हर्नान्डेजले गोल गर्दै सेल्टाभिगोको अग्रता ४–२ मा पु¥याए । ८७ मिनेटमा पिकेले अर्को गोल गरेपनि बार्सिलोनाको हार टार्न सकेनन् ।