२४ प्रहार, तर बराबरीमा रोकियो म्यानचेष्टर युनाइटेड


१६ असोज, काठमाडौं । स्टोकले इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडलाई बराबरीमा रोकेको छ ।

आइतबार भएको खेलमा युनाइटेड र स्टोकले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । घरेलु मैदान ओल्ड ट्रार्फडमा भएको खेलमा युनाइटेडले विपक्षीको पोष्टमा २४ प्रहार गरेको थियो, जसमध्ये नौ सही दिशामा थिए ।

तर, खेलको अन्त्यतिर गोल खाँदै बराबरीमा रोकिएको छ । जाल्टन इब्राहिमोभिच मौका चुकाए भने पल पोग्बोको प्रहार बारमा लागेर फर्किएको थियो ।

खेलमा म्यानचेष्टर युनाइटेडले ६९ औं मिनेटमा मार्टिलको गोलबाट अग्रता लिएको थियो । यो उनको सिजनको पहिलो गोल हो ।

तर, ८२ औं मिनेटमा जोए एलेनले बराबरी गोल गर्दै स्टोकलाई महत्वपूर्ण एक अंक दिलाएका छन् । स्टोकले यो सिजन मात्र एक खेल जितेको छ ।

प्रकाशित: समय: 8:33:40  392पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार