एप्पल र सामसुङलाई पछार्ने यी हुन् चिनियाँ प्रिमियम स्मार्टफोन


१७ असोज, काठमाडौं । कुनैबेला मोबाइल फोनको पर्यायवाची थियो, नोकिया । बारफोनको युग सकिएर स्मार्टफोनको युगमा आइफोन र सामसुङले नोकियाको स्थान लिए ।

तर, प्रबिधिको दुनियाँ यति गतिशिल र प्रतिस्पर्धी छ कि, एउटै ब्राण्ड लामो समयसम्म शिखरमा बसिरहन सक्दैन्, नयाँ सोंचसहित आएका ब्राण्ड जहिल्यै चुनौती बन्छन् ।

करिव पाँच बर्ष स्मार्टफोन बजारमा ठूलो हिस्सा ओगटेका एप्पल र सामसुङले पछिल्लो बर्षहरुमा बिस्तारै ओरालो यात्रा सुरु गर्दैछन् । खासगरी एशियाली र युरोपेली बजारमा एप्पल र सामसुङको बजार खोसिरहेका छन् चिनियाँ ब्राण्डहरुले ।
सुरुमा चिनियाँ ब्राण्ड भन्नासाथ उपभोक्ता नाक खुम्चाउने अबस्था रहे पनि अहिले गुणस्तर र नयाँ नयाँ सिर्जनामा चिनियाँ मोबाइल ब्राण्डहरु अग्रणी छन् ।

पछिल्लो समय चिनियाँ मोबाइल उत्पादन कम्पनी ओप्पो, जियोनी, शाओमी, हुवावे, वान प्लस, जेइटीइ, मिजु लगायतका कम्पनीले पर्छान लागिसकेको छन् । चीन, भारत र समग्र एशियाली बजारमा यी ब्राण्डहरुले जसरी सामसुङ र एप्पलको बजार खोसिरहेका छन्, केही महिनायता नेपाली बजारमा पनि त्यहि दृष्य देखिन थालेको छ ।

सामसुङ र एप्पल जस्ता पि्रमियम स्मार्टफोनको बजार खोस्ने चिनियाँ ब्राण्डहरु कुनकुन हुन् त ? आउनुहोस् उनीहरुबारे जानकारी लिउँ ।

प्रकाशित: समय: 7:36:34  387पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार