एचटीसीका स्मार्टफोन नेपाली बजारमा, एकैपटकमा पाँच मोडल सार्वजनिक


१७ असोज, काठमाडौं । विश्व चर्चित स्मार्टफोन कम्पनी एचटीसी नेपाली बजारमा प्रवेश गरेको छ । स्मार्टफोन चीनमा उत्पादन भएपनि कम्पनी भने ताइवनी कम्पनी हो ।

एचटीसी बहुराष्ट्रिय कम्पनी हो । नेपालको लागि एचटीसीको आधिकारिक विक्रेता जेनेरेशन नेक्स्ट क्युनिकेशन प्रालिले आइतबार अन्नपूर्ण होटलमा एक कायक्रम गर्दै एचटीसीका पाँच मोडल नेपालमा एकैपटक सार्वजनिक गरेको छ ।

कम्पनीले डिजायर ६३०, ६२८, ६२६, ७२८ र ८३० मोडलको स्मार्टफोन सार्वजनिक गरेको हो ।

जेनेरेशन नेक्स्ट क्युनिकेशनका प्रवन्ध निर्देशक पजव भीमसरियाले दशैं तिहार लगत्तै नेपाली बजारमा एचटीसीका १० हजारदेखि ५० हजार मूल्यका पि्रमियम स्मार्टफोन सार्वजनिक गर्ने बताए ।

एचटीसीका मोबाइल फोनमा १३ मेगापिक्सलको रियर क्यामेरा र सेल्फीका लागि ५ मेगापिक्सलको फ्रन्ट क्यामेरा जडान गरिएको छ । दुई सिम लाग्ने यी स्मार्टफोनले फोर-जी समेत सर्पोट गर्छन् ।

नेपाली बजारमा यी स्मार्टफोनहरुको प्रारम्भिक मूल्य २२ हजार ५ सय ८६ देखि अधिकतम् ३४ हजार ४५ रुपैयाँ तोकिएको छ ।

एचटीसी स्मार्टफोनको अनलाइन पाटनर भने क्यामु हो । कम्पनीले दशैं तथा तिहारलाई लक्षित गर्दै सावैजनिक गरको स्मार्टफोनमा दशैं अफरमा जनुसुकै मोडलको स्मार्ट फोन खरिद गर्दा एउटा पावर बैंक सित्तैमा दिने छ ।

डिजायर ६२८

यो स्मार्टफोनमा ५ इन्चको डिस्प्ले छ । दुई सिम लाग्ने यो स्मार्टफोनको तौल १४२ ग्राम छ । यो स्मार्टफोन ७२०/१२८० रेजुलेशनको साथमा टच स्क्रीन छ । एन्ड्रोइड ललिपप भर्सनको फोनमा ओक्टा कोर १.३ गिगाहर्ज छ ।

डिजायर ६२८ मा १३ मेगापिक्सलको रियर क्यामेरा र ५ फ्रन्ट क्यामेरा छन् । ३ जीबी र्‍यामको साथमा ३२ जीबीको इन्टरन स्टोरेज क्षमता रहेको फोनमा २२ सय एमएएच पावरको ब्याट्री छ । यो स्मार्टफोनको कम्पनी मूल्य २२ हजार ५ सय ८६ रुपैयाँ पर्छ ।

प्रकाशित: समय: 7:34:30  717पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार