मकवानपुमा आज थप १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । मकवानपुरमा आज थप १ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

हेटौंडा अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा १ सय ८६ जनाको संकलन गरिएको स्वाबबाट १ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हेटौंडाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।

पिसिआर बिधिबाट १ सय ७१ जनाको स्वाब परिक्षणमा १ सय ६ जना र एन्टिजेन बिधिबाट १५ जनाको स्वाब परिक्षण गर्दा ५ जना गरि जम्मा १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको चौलागाईंले बताए ।

कोरोना संक्रमित मध्येमा ५७ जना पुरुष र ५४ जना महिला रहेका छन् l पुरा विवरण सहित ।